Membership Benefits

के तपाईले भक्तपुर चेम्बर अफ कमर्सको सदस्यता लिनु भयो ?

चेम्बरको सदस्यता लिनु भयो भने निम्नानुसारका सेवा तथा सुविधाहरु प्राप्त गर्न सक्नु हुनेछ:

  • व्यवसायिक समस्या समाधानमा चेम्बरलाई ठूलो शक्तिको रुपमा उपयोग गर्न पाउनु हुनेछ । चेम्बरलाई व्यवसायिक संरक्षकको रुपमा पाउन सक्नु हुनेछ ।
  • नयाँ–नयाँ उद्योग तथा व्यापारको क्षेत्रमा समूहमा बसी नयां लगानी गर्ने अवसर प्राप्त गर्न सक्नु हुनेछ ।
  • चेम्बर भनेकै उद्योगी व्यवसायीहरुको संजाल भएको हुंदा चेम्बरमा सदस्य भएपछि उक्त संजालमा पसि आफ्नो उद्योग व्यवसायको विकास र विस्तार गर्न सकिने हुन्छ ।
  • चेम्बरले समय–समयमा सञ्चालन गर्ने तालिम गोष्ठी लगायत अन्य विभिन्न कृयाकलापहरुमा सहभागी भई कम खर्चमा आफ्नो सीप तथा क्षमता विकास गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ ।
  • चेम्बरको प्रतिनिधित्व गर्नुहुदै समय–समयमा राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रमा हुने मेला, अध्ययन भ्रमण, तालिम, गोष्ठी लगायतका कार्यक्रम आदिमा सहभागी हुने अवसर प्राप्त हुनुका साथै व्यक्तिगत सम्पर्क अभिवृद्धि गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ ।
  • स्थानीय क्षेत्रमा संचालन गर्न सकिने उद्योग व्यापारका लागि चाहिने आवश्यक सूचनाहरु जस्तै मेशिन उपलब्ध हुने स्थान, प्रविधि, कच्चा पदार्थको श्रोत, निर्यात व्यापारको सम्भावना आदि जस्ता बारे स्वदेश तथा विदेशका विभिन्न श्रोतबाट जानकारी पाउन सक्नु हुनेछ ।
  • चेम्बरले प्रदान गर्ने विभिन्न सेवामुलक कार्यहरुमा सहुलियत पाउन सक्नु हुनेछ ।
  • चेम्बरको क्यालेण्डर, वेभ पोर्टल, सामाजिक संजाल, बुलेटिन, स्मारिका, डाईरेक्टरी आदि मार्फत विभिन्न जानकारी प्राप्त गर्न सक्नुका साथै त्यसै मार्फत आफ्नो व्यवसायको जानकारी अरुलाई प्रवाह गर्न पाउनु हुनेछ ।
  • व्यवसायिक विवादका क्रममा चेम्बरलाई मध्यस्थको रुपमा प्रयोग गर्न सक्नु हुनेछ ।
  • चेम्बर मार्फत सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त गर्न सक्नु हुनेछ भने नेतृत्व क्षमता अभिवृद्धिमा चेम्बर विशेष लाभदायी हुनेछ ।
  • राज्यका तीनै तहका सरकारहरुका लागि दिइने राय सल्लाह सुझावमा सहभागी भई आफ्नो समेत धारणा राख्ने अवसर प्राप्त गर्न सक्नु हुनेछ ।
  • विभिन्न व्यवसायिक प्रतिष्ठानहरुबाट गरिने वस्तु तथा सेवा खरिदमा सहुलियत सुविधा प्राप्त गर्न सक्नु हुनेछ ।

चेम्बरको सदस्यता कसले लिन सक्छन्?

भक्तपुर जिल्ला भित्रका उद्योग, व्यापार र सोसम्बन्धी कुनै व्यवसायमा लागेका कुनै फर्म, कम्पनी, संस्थान र संघ संस्थाका व्यक्तिलेचेम्बरको सदस्यता लिन सक्छन्।

सदस्यता लिन के गर्नुपर्छ ?

चेम्बरबाट प्रदान गरिने सदस्यता आवेदन फाराम भर्नु पर्दछ, जसमा निम्न लिखित कागजपत्रहरु संलग्न गर्नु पर्छ:

  • नेपाल सरकारको उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, वाणिज्य विभाग, जिल्ला उद्योग तथा वाणिज्य कार्यालय वा स्थानीय नगरपालिका तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको उद्योग/फर्म/कम्पनीको प्रमाण–पत्रको प्रतिलिपि एक प्रति साथमा नागरिकताकोप्रतिलिपि ।
  • प्रा.लि.को हकमा प्रवन्ध पत्र र नियमावली संलग्न गर्नु पर्नेछ ।
  • साझेदारी व्यवसायको हकमा साझेदारको आधिकारीक पत्र ।
  • प्रोप्राइटरसिप व्यवसायको हकमा सम्बन्धित प्रोप्राइटरको अनुपस्थितिमा निजको प्रतिनिधित्व गर्ने व्यक्तिको नाममा लेखिएको मञ्जुरीनामा सहितको आधिकारीक पत्र ।
  • हालसालै खिचिएको अटो साइज वा पासर्पाेट साइजको दुई प्रति फोटो ।